स्ववियु निर्वाचन: वन विज्ञान पोखरा क्याम्पसमा मतदान सम्पन्न,मतगणनाको तयारी हुँदै
पाेखरा | चैत १२, २०७९
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा ४ सय ३४ मतदान भएको छ ।
आज भएको स्ववियु निर्वाचनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा भएका ४ सय ८० मतदाता मध्ये ४ सय ३४ जनाले मतदाताले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए ।
अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत डा. पुरीले जानकारी दिए ।
क्याम्पसमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेपनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मात्र निर्वाचनमा भाग लिएका थिए ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते नै देशभरका क्याम्पसमा स्ववियुको निर्वाचको मिति सार्वजनिक गरेपनि कास्कीको ६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार यस क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पह...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ। उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँ...
पोखरा: पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ । गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ ग...

