प्रेस क्लब गण्डकीको सल्लाहकारमा सरिता, सुष्मा र राम

पाेखरा | चैत १२, २०७९

प्रेस क्लब गण्डकीको सल्लाहकारमा सरिता, सुष्मा र राम

पोखरा:  प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । 


पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकारमा चयन गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।


यसैगरी मञ्चले यहीं चैत्र १३ गते सोमबार ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजे पोखरा थिएटरमा आयोजना हुने कार्यक्रमा वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो । यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्कता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो ।


प्रेस क्लव गण्डकीको हालै प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।  जसको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशिष पुरी र संकल्प ढुंगाना छन् ।

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्

काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

थप पढ्नुहोस्