नवनियुक्त आईजीपी कुँवरले भने – पहिलो प्राथमिकतामा प्रहरीको आन्तरिक शुद्धीकरणलाई राख्नेछु

काठमाडाैं | चैत १२, २०७९

नवनियुक्त आईजीपी कुँवरले भने – पहिलो प्राथमिकतामा प्रहरीको आन्तरिक शुद्धीकरणलाई राख्नेछु

काठमाडौँ:  नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’

 

प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’

 

विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।

 

प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्