उपत्यकाको फोहोर व्यवस्थापनमा जुट्यो सहमति : राति मात्रै फोहोर व्यवस्थापन गरिने

काठमाडाैं | जेठ २७, २०७९

उपत्यकाको फोहोर व्यवस्थापनमा जुट्यो सहमति : राति मात्रै फोहोर व्यवस्थापन गरिने

काठमाडौँ :    काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ ।  

    

त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल्ड क्षेत्रको फोहोरको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र गरिसक्नुपर्नेजस्ता विषयमा सहमति भएको छ ।

 

प्रभावित क्षेत्रका तर्फबाट भएको सहमतिपत्रमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको छ । 

  

गत सोमबार साँझ पनि सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न ११ बुँदे सहमति गरे पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

 

यसअघि भएको सहमतिको व्यवास्ता गर्दै बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयले ढुङ्गामुडा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको निरन्तर अवरोधका कारण विगत १३ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

 जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएक...

थप पढ्नुहोस्

गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ...

थप पढ्नुहोस्

पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा...

थप पढ्नुहोस्