मुस्ताङका गुरुङको जापानमा एकल चित्रकला प्रदर्शनी

काठमाडाैं | चैत ९, २०७९

मुस्ताङका गुरुङको जापानमा एकल चित्रकला प्रदर्शनी

जोमसोम : जापानमा मुस्ताङका एक युवाले एकल चित्रकला प्रदर्शनी गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसेर निवासी चित्रकार छिरिङ फेन्जो गुरुङले मार्च  १८ तारिखमा जापानको तोयोकावा सहरमा चौथो एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।

 

इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपालका अध्यक्ष एनबी गुरुङको पहलमा गुरुङ एकल चित्रकला प्रदर्शनी गर्न जापान पुगेका थिए । जापानस्थित उपल्लो मुस्ताङीहरूको सामाजिक संस्था मुक्ति समाज समिति जापानको वार्षिकोत्सव समारोहमा चित्रकार फेन्जोको चौथो एकल चित्रकला प्रदर्शनी गरिएको हो। चित्रकार छिरिङ फेन्जोले जापानको तोयाकावा सहरमा चौथौ एकल चित्रकला प्रदर्शन सम्पन्न गरी बुधबार नेपाल फर्किएका छन् ।

 

मुस्ताङको जिवन्त धार्मिक, मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म पुर्‍याउ इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपाल नामक संस्थाले चित्रकार फेन्जोलाई जापानमा आमन्त्रण गरेको थियो । चित्रकार गुरुङले त्यहाँ आफूले सृजना गरेका  धार्मिक,कलासंस्कृति र मौलिकतालाई चित्रकारिताका माध्यमबाट प्रस्तुत गरे । 

 

null

 

चित्रकला प्रर्दशनीमा मुक्ति समाजका जापानका अध्यक्ष नाक्टी गुरुङ,सोनाम ढुके र नोचुङ लगायतका एक दर्जन पदाधिकारी उपस्थित थिए । चित्रकला प्रर्दशनको गैर आवासीय नेपाली संघ (जापान)का अध्यक्ष दिपक केशीले उद्घाटन गरेका थिए । 

 

उनले मुस्ताङको ऐतिहाँसिक,धार्मिक,मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म उजागर गरिनु सह्रानीय पक्ष भएको बताए । प्रर्दशनीमा चित्रकार फेन्जोले  दुरदराजको हिमाली जिल्लाको कलासंस्कृतिलाई जापानमा आएर पस्कन पाउँदा आफू निकै गौरान्वित भएको उल्लेख गरे । उनले यसप्रकारको अवसर अन्य देशहरूमा पाउने विश्वाश व्यक्त गरे ।

 

चित्रकला प्रर्दशनी अवलोकन गर्न पाउँदा जापानीज नागरिक पनि उत्साहित  र खुसी भएका थिए । चित्रकार गुरुङले यसअघि गृह जिल्ला मुस्ताङसहित नेपालमा ३ वटा एकल चित्रकला प्रदर्शन सम्पन्न गरिसकेका छन् । उनले ३ वर्षअघि गण्डकी प्रदेशस्तरीय एकल चित्रकला प्रदर्शनी पोखरामा गरेका थिए ।

 

चित्रकार गुरुङ १६ वर्षको उमेरदेखि नै चित्रकारिता क्षेत्रमा लागेका हुन्। चित्रकारिता र भित्ते लेखनको अभ्यास उनले गाउँमै सुरु गरेका थिए । तिब्बती कलासंस्कृतिको प्रभाव रहेको मुस्ताङमा उनले गुम्बा,छोर्तेन,माने,मठमन्दिर र जैविकलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट दृष्यमा उतार्न पोख्त छन् ।  गुरुङ गुम्बा,मठमन्दिर र देवीदेवताहरुको मूर्ति सजावट र पेन्टिङ भर्न सिपालु छन् । 

 

उनी थान्का पेन्टिङमा पनि उत्तिकै दखल छन् । बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’ । तिब्बती शब्दमा थान्काको शाब्दिक अर्थ हो अभिलेखिकरण गरिएको शब्द भन्ने बुझिन्छ । गुम्बाहरूमा यो अभिलेखिकरण गरिएको थान्का झुन्ड्याएर सजाउने गरिन्छ ।

 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्...

थप पढ्नुहोस्

काठमाडौंः   सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइ...

थप पढ्नुहोस्