काठमाडौंबाट सालकको खपेटासहित एक महिला पक्राउ

काठमाडाैं | चैत ८, २०७९

काठमाडौंबाट सालकको खपेटासहित एक महिला पक्राउ

काठमाडौं : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

 

प्रहरी प्रभाग गोंगबु काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ। 

 

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ। 

 

पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्