गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा रिक्त सदस्य मनोनित
पाेखरा | चैत ७, २०७९
पोखरा: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हेर्ने गरि तीन जना सदस्य मनोनित गरेको हो ।
बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाइ मनोनित गरेको छ । शिक्षालयको संचालक समितिमा चार जना मनोनिति सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री राम पोखरेललाइ मनोनित गरिसकेको थियो ।
यस अघि उक्त पदमा रहेका सदस्यहरुको कार्यअवधी सकिएकोले नयाँ सदस्य मनोनिति गरिएको हो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ । यसअघि उक्त पदमा गेहेन्द्रश्वर कोइराला, आनन्द राज बतास र निरुपा थापा रहनुभएको थियो ।
गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप , शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा काम कार्वाहिको संचालन, रेखदेख, तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको संचालन समिति रहेको छ ।
प्राविधिक शिक्षा तथा व्यवासायिक तालीमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यमस्तरिय प्राविधिक दक्ष जनसक्ति उत्पादन गरि सक्षम , आत्मनिर्भर तथा स्वालम्बित जनसक्तिको तयार गरि स्थानीय स्तरमै उद्ययमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो ।
समितिका अन्य सदस्यहरुमा मा महानगरपालिकाका कार्यपालिका सदस्यहरु मध्य प्रमुखद्धारा मनोनीत एक जना सदस्य, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षा प्रेमी मध्यबाट अध्यक्षद्धारा मनोनित एक जना महिला सहित दुइ जना मनोनित सदस्य, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवशायि,उद्योगी, ख्यातीप्राप्त प्राविधिक मध्ये संचालक समितिबाट मनोनित दुइ जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने गरि ९ जनाको संचालनसमिति रहेको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

