पितृ शोकमै मतदान गर्न राजधानी पुगे सांसद बराल
पाेखरा | चैत ३, २०७९
पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल पितृ शोकमै उपराष्ट्रपति निर्वाचनका सहभागि हुन राजधानी पुगेका छन् ।
सांसद बराल आफ्नो काकाको साथमा मतदान गर्न बुद्ध एयरमार्फत आज (शुक्रबार) काठमाडौं पुगेका हुन् ।
उनी मतदान गर्नासाथ पोखरा फर्किनेछन् । उनले पार्टीको निर्देशन र व्यवस्था प्रति सम्मान जनाउन प्रतिकुल समयमा पनि मतदानमा सहभागि हुन पुगेको बताए । उनले मतदानमा सहभागी भइसकेको बताउदै पोखरा फर्किने तयारीमा रहेको जानकारी दिए ।
सांसद बरालका अनुसार उनको पिता लोकराज शर्मा बरालको ८३ वर्षको उमेरमा ८ दिन अघि निधन भएको थियो ।
सांसद बरालले नेपाली कांग्रेसबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचन जितेका हुन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

