स्ववियु निर्वाचनः पिएनमा आरोप पत्यारोप

प्रशासनले स्ववियु निर्वाचन गर्न नखोजेको विद्यार्थी संगठनको आरोप

पाेखरा | चैत १, २०७९

स्ववियु निर्वाचनः पिएनमा आरोप पत्यारोप

पोखरा:   पोखरा भिमकालिपाटनस्थित पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र केही विद्यार्थी समूह, संगठनले स्ववियु निर्वाचन रोक्न खोजेको आरोप लगाएका छन् । 


बुधबार प्रेस क्लब गण्डकीले पोखरामा स्ववियु निर्वाचनको औचित्य र आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने केही विद्यार्थी संगठनहरुले यस्तो आरोप लगाएका हुन् ।  


स्वतन्त्र विद्यार्थी समूहबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिवमा उम्मेदवार घोषणा गरेकी विप्लवी न्यौपानेले विभिन्न क्याम्पसहरुमा यही नामबाट चुनाव लड्ने पाउने तर पिएनमा किन नपाउने भनेर प्रश्न गरिन ? 


‘देशको विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी समूहबाट नै निर्वाचनमा भाग लिन पाएका छन्, न्यौपानेले भनिन्, ‘पिएनमा स्वतन्त्र विद्यार्थी समूह दर्ता गर्दा किन अरु समूहलाई अठ्यारौ प¥यो ?’


अनेरास्ववियू पिएनका अध्यक्ष सन्तोष न्यौपानेले क्याम्पसमा केही विद्यार्थी संगठन र समूहले वार्ता र सहमतिको बाटो नखोजी ताला र अदालतमा मुद्धा हालेर निर्वाचन रोक्न खोजेको आरोप लगाए । 


‘१४ वर्षपछि स्ववियुको निर्वाचनमा होमिएका केही विद्यार्थी संगठन र समूहले ताला र नामको विषयमा अदालतको बाटो खोज्दा निर्वाचन रोक्न खोजियो, न्यौपानेले भने, ‘वार्ता सहमतिको बाटो नखोजी ताला र अदालतको बाटो रोज्दा निर्वाचन रोकिएको हो ।’


उनले क्याम्पस प्रशासनले स्ववियु निर्वाचन गर्न नखोजेको आरोप समेत लगाए । 


नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पिएनका सभापति गौरव बरालले सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएको भन्दै निर्वाचन आवश्यक भएको बताए । 


‘सडकमा आएर नारा जुलुस गरेर हुँदैन रचनात्मक अभ्यासको सुरुवात गरौं, शिक्षा प्रणाली परिवर्तन गर्नु छ, बरालले भने, ‘सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएकाले सबै समस्या समाधान गर्दै निर्वाचनमा जाऔं ।’


उनले अबको विद्यार्थीहरु आध्यामिक, अध्ययनशिल र उद्यमशिलतामा जोड्न पनि स्ववियुको निर्वाचन आवश्यक रहेको प्रष्टाए । 


अखिल क्रान्तिकारी ‘विप्लव’ निकट अनेरास्ववियूका नेता सचिन सीले क्याम्पस प्रशासनबाट विद्याथींहरुको व्यक्तिगत सूचना चुहावत गरेको भन्दै त्यसको छानबिन भए ताला खोल्ने बताए । 


‘क्याम्पसबाट विद्यार्थीहरुको व्यक्तिगत सूचना लिक भएको छ, भोलि क्याम्पसको महत्वपूर्ण सूचनाहरु यसरी नै लिक होला, श्रीले भने, ‘प्रशासनले सूचना चुहावत गर्ने कर्मचारीलाई छानबिन गरेर कारवाही गर्न तयार भए ताला खोल्न संगठन तयार छ ।’


नेकपा एमाले निकट अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले केही क्याम्पसहरुमा पराजित हुने शंकामा विद्यार्थी संगठनहरुले ताला लगाउने गरेको आरोप लगाए । 


‘त्रिविको कार्ययोजना अनुसार चैत ५ मा हुने केही क्याम्पसहरुमा निर्वाचन अनिश्चित बनेको छ, केही संगठन समूहहरुले निर्वाचनमा पराजित हुने शंकामा ताला लगाउने गरेका छन्, पोखरलले भने, ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरुको हक अधिकार प्रशासनले सम्बोधन गर्न सकेको छैन, त्यसैले सबै समस्या समाधान गरेर निर्वाचन आवश्यक छ ।’


पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले विद्यार्थी आन्दोलन सिथिल बनेको बताउदै निर्वाचन गरेर विद्यार्थीका माग र मुद्दामा केन्द्रीत हुन आग्रह गरिन  । 


कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष र सञ्चालन सचिव गौरब त्रिपाठीले गरेको थिए ।
 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्