कांग्रेसले उपराष्ट्रपतिमा जसपाका यादवलाई मतदान गर्ने

काठमाडाैं | चैत १, २०७९

कांग्रेसले उपराष्ट्रपतिमा जसपाका यादवलाई मतदान गर्ने

काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

 

उनका अनुसार बैठकले संघीय सांसद र प्रदेशका एवं सांसदलाई पनि यादवको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको छ।

 

बैठकले बैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।

 

बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा बधाई दिएको छ। छ दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उनले पुऱ्याएको योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न  राष्ट्रपति पौडेल सफल हुने विश्वास व्यक्त गरेको छ।

 

बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नम्बर- १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । 

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...

थप पढ्नुहोस्

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ...

थप पढ्नुहोस्