उपराष्ट्रपतिका उम्मेदवार रामसहायले कारागार पुगेर भेटे रेशम चौधरीलाई
काठमाडाैं | फागुन ३०, २०७९
उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग भेटवार्ता गरेका छन्।
जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलाई उम्मेदवार यादवले आज भेटेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेका छन्।
चौधरीले आफूहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका सांसद प्रदीप यादवले बताए।
'रेशमजीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे भन्छु भन्नुभएको छ,' उनले भने।
जनमत पार्टी, नागरिक उन्मुक्ति र लोसपाले सहकार्य गर्ने भन्दै गठबन्धनसमेत गरेका थिए।
जनमतले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ।
यसैबीच उपराष्ट्रपतिका उमेदवार यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेटेका छन्।
महतोले यसबारे पार्टीमा छलफल गरिने जवाफ दिएको सांसद प्रदीपले बताए। यही चैत ३ मा उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमतलगायत दलबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

