सल्यानमा गोली लागि एक जनाको मृत्यु
काठमाडाैं | फागुन ३०, २०७९
सल्यान: सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएका थिए ।
जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार बन्दुक बोकेका आइते रावत बन्दुकसहित फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।
मृतक चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

