गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन, बैठक निष्कर्षविहीन
काठमाडाैं | फागुन २७, २०७९
काठमाण्डाै: सत्ता गठबन्धनमा उपराष्ट्रपति पदका लागि विभिन्न दलबाट दाबी भएपछि बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक कुरा मिल्न नसक्दा निष्कर्षविहीन भएको हो ।
बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने बताउनुभएको छ । उहाँले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै ममता झालाई अगाडि सारेको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेपछि गठबन्धनबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको हो ।
सहमतिमा आइतवार भोलिसम्म एक जना मात्रैको उम्मेदवारी कायम हुने पनि जनमत पार्टीका अध्यक्ष राउतले बताउनुभयो । यसअघि नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

