कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक
पाेखरा | फागुन २६, २०७९
पोखरा: जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८÷२०७९को कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ।
सोमबार एक विशेष सार्वजनिकरण कार्यक्रमको आयोजना गरि सो नतिजा सार्वजनिक गरिएको हो ।
सो मूल्यांकनको आधारमा अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न।
मुल्यांकनको कार्यविधी अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाकको मुल्यांकन गर्ने गरिन्छ ।
सार्वजनिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्वजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
पौडेलले समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा बित्तिय सुसासनका काममा खटिन आग्रह गरे ।
समिक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी र कास्कि पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो विषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।
काठमाडौं: उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ। विभागले अनुगमनको क्रम...
झापा: जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्...
तनहुँ: देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको पिरलो बनेको छ । यहाँबाट करोडौँ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैँ झेल्नुपरेको हो । यहा...

