मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडाैं | फागुन २६, २०७९
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताए।
पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे।
अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केहि सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । पौडेलले बीपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर गरे।
गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बीपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपी कोईरालाको शालिकमा माल्यार्पण गरेका थिए। सो क्रममा उनले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा पनि माल्यार्पण गर्नुको साथै बीपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका थिए।
काठमाडौं: क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ...
पोखरा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरे...
पोखरा: कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार &lsqu...

