उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिताको उमेर नै पुग्दैन
काठमाडाैं | फागुन २६, २०७९
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।
नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।
संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।
पोखरा: २१ औं संस्करणको लेखनाथ महोत्सव पुस पहिलो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो । लेखनाथ उद्य...
सिमकोट: सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँ...
काठमाडौं: बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको...

