स्किलअप इन्ष्टिच्युटद्धारा २५ जना महिलालाई मोफिन र डुनुट बनाउने तालिम

काठमाडाैं | फागुन २५, २०७९

स्किलअप इन्ष्टिच्युटद्धारा २५ जना महिलालाई मोफिन र डुनुट बनाउने तालिम

काठमाडौं:  अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालि गंगबुले एक दिने सीप विकास साक्षरता तालिम सम्पन्न गरेको छ ।


एक दिने सीप विकास साक्षरता तालिम अन्तर्गत मोफिन तथा डुनुट बनाउने तालिम प्रदान गरिएको थियो । 


महिलाहरुलाई सीप विकास मार्फत आर्थिक रुपमा सक्रियताका लागि हौसला प्रदानहोस भन्ने उदेश्यले एकदिने मोफिन तथा डुनट बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सभापति राजन लोहनीले बताए । 


सामाजिक उत्तरदायित्व अनुसार सस्थाले यो कार्यक्रमको आयोजना गरि नारीहरुको सशक्तिकरणका लागि ऐक्यवद्धता जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजाने संस्थाको योजना रहेको स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिका  निर्देशक लिला बहादुर वि.क.ले बताए  । 


स्टारजोन होटल प्रालि र जिभ करियर इन्ष्टिच्युट प्रालिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार लगाएत क्षेत्रगत अतिथिहरु, सवाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नमुना इटानीले संचालन गर्नु भएको थियो ।  भने संस्थाले उपलब्ध गराउदै आएको कार्यक्रमहरुको बारेमा संस्थाका प्रबन्धक निर्देशक दुर्गा सुनारले जानकारी गराएका थिए । 


उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्