महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा
काठमाडाैं | फागुन २४, २०७९
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउनुभयो ।
नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नारी दिवसका दिनमात्र महिलाको हकहितसम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले अग्रपङ्क्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्याउन राप्रपा नेपाल निरन्तर लागिरहेकाले वडा तहसम्म सङ्गठन विस्तार गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सङ्गठनका उपाध्यक्ष सङ्गीता लाखाजु, काठमाडौँ जिल्ला अध्यक्ष मिरा कार्की महर्जनलगायतले महिला सशक्तीकरणका लागि पार्टीले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

