विश्वकप लिग–२ : नेपालको पहिलो खेल पीएनजीसँग

काठमाडाैं | फागुन २४, २०७९

विश्वकप लिग–२ : नेपालको पहिलो खेल पीएनजीसँग

काठमाडौं:  आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेल बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले बिहीबार पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।

 

त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा हालै युएईमा भएको सिरिजमा रहनुभएका सन्दीप जोरा बाहेक सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।

 

नेपालले दोस्रो खेल फागुन २८ गते युएई तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यस सिरिज लिग–२ को अन्तिम खेलहरू हो ।

 

नेपाललाई विश्वकपमा स्थान बनाउन चारवटै खेल फाइनल सरह रहेको छ । नेपाल अहिले तालिकामा पाँचौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ३२ अङ्क बनाएको छ । समान खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । 

 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

 

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ । 

 

नेपाली टोली  

 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछाने । वैकल्पिक खेलाडीहरूमा सन्दीप जोरा, कमलसिंह ऐरी, श्याम ढकाल र अर्जुन साउद  ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्