महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्छ: प्रदेश प्रमुख गुरुङ
पाेखरा | फागुन २४, २०७९

पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घ संस्था तथा राज्यका सबै निकाय अग्रसर हुनुपर्ने बताउनुभयो ।
लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको उहाँको भनाइ छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिएको सन्देशमा उल्लेख छ ।
नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्त्वपूर्ण प्रावधानको व्यवस्था गरेको भन्दै सन्देशमा यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको भनिएको छ । संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभएको छ ।
पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकमा नेपालले प्रगति गर्दै आएको देखिएकाले यसका प्रयास परिणाममुखी चरणमा रहेको भन्दै उहाँले यसबाट नेपाली महिलाको प्रतिष्ठा अभिवृद्धि हुँदै गएको आफूलाई लागेको बताउनुभयो ।
झापा: झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद ल...
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...