प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग : ब्याजदर र डिजेलको मूल्य घटाऊ
काठमाडाैं | फागुन २१, २०७९
काठमाडौं: प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन माग गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् ।
बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटाएर लगानी मैत्री वातावरण बनाउन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए ।
बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराइएको उनले बताए ।
‘बजारमा वस्तुको माग छैन, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं,’ अग्रवालले भने, ‘यसका लागि लगानीको वतावरण बनाउनु पर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनु पर्छ ।’
अग्रवालकाअनुसार परिसंघले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर सरकारले परिस्थिती हेरेर काबुमा राख्न सुझाएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका थिए ।
प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी थिए ।
यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी थिए ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

