संविधान रक्षाका लागि होइन, देश र जनताको रक्षामा गठबन्धन हुनुपर्छ : लिङ्देन
काठमाडाैं | फागुन २०, २०७९
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने बताएका छन्। लिङ्देनले दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने भएपनि उल्टो भएको बताएका हुन्।
राष्ट्रपति निर्वाचनमा बनेको आठ दलीय गठबन्धनलाई लक्षित गर्दै उनले नेपालमा दलहरु उल्टो दिशामा गइरहेको टिप्पणी गरेका छन्। उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नहुने स्पष्ट पारेका छन्।
संविधानको रक्षाका लागि गठबन्धन भन्दै शनिबार बिहान सांसद लिङ्देनले ट्वीटरमा लेखेका छन्,‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’
एमाले नेतृत्वको माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमतको गठबन्धन तोडेर राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्ती पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग पुन : गठबन्धन गरेका छन्। कांग्रेससँग सहकार्य गरेपछि राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

