सेयर बजारमा २६ अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक

काठमाडाैं | फागुन १८, २०७९

सेयर बजारमा २६ अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक

काठमाडौं : सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ‌ओरालो लागेको छ। नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ विन्‍दुमा अडिएको छ। सन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेको छ।

 

यसदिन १९३ कम्पनीको मूल्य ओरालो लाग्दा १९ को मात्रै मूल्य बढ्यो। २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड  ६३ लाख ३३ लाख ९६७ रूपैयाँमा खरिदबिक्री भयो।
 २८ हजार ५०० पटक कारोबार भयो।

 

आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य ७ प्रतिशतले  घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।

 

कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।

 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्