समस्या बुझ्न जनताको घरदैलोमा सांसद

धनगढी | फागुन १८, २०७९

समस्या बुझ्न जनताको घरदैलोमा सांसद

धनगढी:  आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।

 

सो क्रममा उहाँले जनताको समस्या बुझ्ने, उनीहरूको माग, मुद्दा सुन्ने कार्य गरिरहनु भएको छ । उहाँले दुई दिनसम्म भजनी र कैलारी गाउँपालिकाको केही गाउँमा पुगेर जनतासँग भलाकुसारी गर्नुभयो ।

 

सुगम जिल्लाको दुर्गम गाउँ मानिने कैलारी गाउँपालिका –७ को हौसलपुर र वडा ३ को मोहनपुर गाउँमा पनि पुगेर जनताको समस्या बुझ्ने कार्य गरेको चौधरीले बताउनुभयो । मोहना नदी पारी रहेको दुवै गाउँवासीले कटान र बाटोघाटोको समस्या भोग्दैआएका छन् । 

 

हौसलपुरमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै सांसद चौधरीले त्यो गाउँमा एउटा बाल विकास कक्षा र गाउँघर क्लिनिकसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । २९ घरपरिवार रहेको हौसलपुर गाउँका सबै बालबालिकाको शिक्षा भारतमा निर्भर छ । आफ्नो देशमा शिक्षाआर्जन गर्न नपाएका हौसलपुरका सबै बालबालिका भारतका विद्यालयमा पढ्न बाध्य छन् । 

 

विद्यालय सञ्चालन गर्दा मापदण्ड नपुग्ने भएकाले बाल विकास कक्षासम्म सञ्चालन गर्न उचित हुने चौधरीले बताउनुभयो । ‘बाटोको समस्या र टाढा भएको कारणले ती गाउँका बालबालिका आफ्नो देशको विद्यालयमा पठनपाठन गर्न आउन सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा बाल विकास कक्षा सञ्चालन गर्न आवश्यक देखियो ।’ बाल विकास कक्षा र गाउँघर क्लिनिक सञ्चालनका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो । 

 

यसैगरी, सांसद चौधरीले हौसलपुरवासीका लागि मोहना नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिनुभएको छ । ‘अबको एक महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारले बताउनुभएको छ’ उहाँले भन्नुभयो । 

यस्तै, चौधरीले नदी कटान, विभिन्न अधुरा योजना, निर्माणाधीन आयोजनाको पनि अवलोकन गर्नु भएको छ । दुवै पालिकाका स्थानीयले नदीको कटान समस्या भोग्दै आएकाले कटान नियन्त्रणका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ । 

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

थप पढ्नुहोस्