राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्न एमाले नेताहरू एसको कार्यालयमा

काठमाडाैं | फागुन १८, २०७९

राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्न एमाले नेताहरू एसको कार्यालयमा

काठमाडौं : राष्ट्रपति निर्वाचनबारे छलफल गर्न  एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न एमाले नेताहरू बिहीबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए।

 

राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्बाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,रघुविर महासेठ र विमला राईले अध्यक्ष नेपाललाई भेटेका हुन् । सो क्रममा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।

 

छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल,उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरू सहभागी थिए।

 

राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ। 

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्