प्रदेश १ ले आजै नाम पाउने
विराटनगर | फागुन १७, २०७९
विराटनगर: प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो ।
प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ । यो नामप्रति नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको भने सहमति छैन ।
नामकरणको प्रस्ताव अगाडि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी छ । अहिले सबै दलहरू संसदीय दलको बैठक बसेर नामकरणका विषयमा दलको धारणा तय गर्दैछन् ।
नामकरणको विषयमा यसअघि पनि दलहरूबीच खासै छलफल भएको थिएन । प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । नामको विषयमा विवाद बढ्न सक्ने भएकाले दलहरूले यस पटक मुख्य दुई दलले चुपचाप सहमति बनाएका हुन् ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

