हरिनासमा महिला सशक्तिकरण तालिम सुरु

स्याङ्जा | फागुन १६, २०७९

हरिनासमा महिला सशक्तिकरण तालिम सुरु

स्याङ्जा:   स्याङ्जाको हरिनास गाँउपालिकामा महिला सशक्तिकरणको लागि उद्घोषण तथा भाषण तालिम सुरु भएको छ । एक समारोहका बीच हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिमको उद्घाटन गरे ।

  
हरिनास गाँउपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले जानकारी दिईन ।


उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ओम प्रकास सिग्देल, स्वकीय सचिव पर्शुराम सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । पाँच दिन सम्म चल्ने तालिममा सञ्चार कर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गर्नेछन् । तालिममा कुल २० जनाको सहभागीता रहेको छ । आजदेखि सुरु भएको  तालिम फागुन २० गतेसम्म चल्नेछ । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्