प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

काठमाडाैं | फागुन १६, २०७९

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

 काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् ।

 

डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।

 

सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए ।

 

‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भने ।

 

नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्