इन्जेक्सन दिएँ, मल्हम लगाएँ तर फत्रक्क झर्यो : ओली
काठमाडाैं | फागुन १४, २०७९
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुखको पातको संज्ञा दिएका छन् । आइतबार शहिद तथा घाइते परिवारलाई सम्मानमा आयोजित कार्यक्रममा उनले रुखको पात झरेपछि मलमा परिणत हुनबाहेक कुनै काम नलाग्ने पनि बताए ।
‘झरेको पात मलमा परिणत हुन्छ । म टुप्पाको पात हुँ भनेर धाक लगाएपनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहान्नँ । तपाईहरुले देखिरहनुभएको छ कसरी हल्लिँदै हल्लिँदै भुइँतिर झर्याे ।’ पछिल्लो विज्ञान प्रविधिमार्फत पुस १० मा जोड्न खोजे पनि नजोडिएको ओलीको भनाइ छ ।
‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीको माध्यमबाट जोड्दा हुन्छ की भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मल्हम लगाएँ, तर हुँदोरहेनछ । फत्रक्क झर्यो फेरि’, उनले यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको पनि बताए । उनले घाइते तथा शहिद परिवारलाई एमाले सरकारमा नभएपनि पार्टीले उनीहरुको उपचार हेल्थडेक्स राखेरै भएपनि गर्नेभएकाले पार्टी कार्यालयमा आउन आग्रह गरे । ओलीले ८० सिुट हुँदा पनि पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर छिमेकीकोमा गएको बताए ।
‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’, ओलीको टिप्पणी छ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

