गोरखा पुगेर प्रचण्डले भने- समग्र जिल्लाको विकासका योजना लिएर आउनुहोस्

काठमाडाैं | फागुन १४, २०७९

गोरखा पुगेर प्रचण्डले भने- समग्र जिल्लाको विकासका योजना लिएर आउनुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन्।

 

प्रधानमन्त्री प्रचण्डले जिल्‍लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरे।

 

सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन्।

 

'स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा-अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञानपपत्र लिएर आउनु अनुरोध गर्दछु,'उनले भने,'तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दुरगामी कामहरूको सूत्रवद्ध भएर ल्याउनुहोला।'

 

उनले संसदबाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र वेपत्ता छानविन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताए। विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ।

 

यस्तै प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन र जनयुद्धका क्रममा सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने तयारीमा रहेको बताए। 'जनयुद्ध र जनआन्दोनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्छौं। यसले सहिदका परिवारलाई मलमपट्टी लगाउने र मेरो लागि पनि यो निकै खुसी र गर्वको कुरा हुनेछ। तपाईं हाम्रा सपना ढिलै भएपनि पूरा हुँदैछन्।'

 

प्रचण्डले तिनै सहिदको सम्मानमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारे।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्