वामपन्थी एकता नभएसम्म देशमा परिवर्तन आउँदैन: झलनाथ खनाल
काठमाडाैं | फागुन १४, २०७९

काठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।
सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए।
‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ,’ सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’
अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको उनले बताए।
सत्ता मोहले गर्दा २ महिनामै गठबन्धन फेरिएको र सरकार फेरिने अवस्था बनेको उनको भनाइ थियो।
एकीकृत समाजवादीले नीति र लक्ष्य मिल्ने दलहरूसँग एकता गर्ने भए पनि तत्काल यो सम्भावना भने नरहेको उनले बताए। तर वाम एकताका लागि समाजवादी सधैं तयार रहेको उनको भनाइ थियो।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...