तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान

काठमाडाैं | फागुन ११, २०७९

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान

काठमाडौं:  तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

 

आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।

 

धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए । यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए ।

 

उनले भने, ‘यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल साझा गर्न पाउँदा म उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो मेरा फ्यानको निःसर्त माया र समर्थनको कारण हो । यो उनीहरुका लागि श्रद्धा व्यक्त गर्ने एक शैली थियो जसले जीवनभर मेरो करिअरमा उभिएर मलाई माया गरे अनि स्वीकार ।’

 

यसैबीच, ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्