त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण हुन्छ: मुख्यमन्त्री अधिकारी
पाेखरा | फागुन १०, २०७९
कावासोती: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ । गैँडाकोटमा भएको प्रदेश र स्थानीय तहको समन्वयबारे भएको छलफल कार्यक्रममा मुख्यमन्त्री अधिकारीले आवश्यक कागजात तयार भएको बताउनुहुँदै आवश्यक परे सर्वोच्च अदालत गएर भए पनि समस्या समाधान गरी यसैवर्ष सडक निर्माणको काम सुरु गरिने बताउनुभएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले एक अर्कालाई आवश्यक पर्दा तीनै तहको सरकारका अधिकारीबीच समन्वय भए सङ्घीयताले सार्थकता पाउने बताउनुभयो । संविधानले सह शासनको परिकल्पना गरेको जनाउनुहुँदै उहाँले सहकारिता, सह अस्तित्व र समन्वय गरेर अघि बढे सफलता पाउने बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश र स्थानीय तहका वित्तीय अन्तरसम्बन्ध, आर्थिक क्षेत्राधिकार, राजस्व बाँडफाँट र अनुदानबारे प्रस्टाउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका ५ वटा जिल्लाका स्थानीय तह प्रमुख एवम् उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जिल्ला तहको समूहगत छलफलपछि जिल्लाको तर्फबाट राय व्यक्त गर्नुभएको थियो ।
मनाङका ४ वटा पालिका, लमजुङका ८ वटा, तनहुँका १० वटा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटा र गोरखाका ११ वटा पालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो । उहाँहरूले स्थानीय तहको राजस्व अभिवृद्धिका लागि प्रदेश सरकारबाट अपेक्षा, प्राकृतिक स्रोत शुल्क (ढुङ्गा, गिट्टी, बालुवा) बाँडफाँटको अवधारणा र आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य विषयमा राय राखेका थिए ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

