राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै
काठमाडाैं | फागुन ९, २०७९
बागलुङ: राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।
उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ ।
‘‘देशको प्रमुखले मन्दिरको दर्शन गर्नु हाम्रो लागि ठूलो कुरा हो’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘उहाँले दर्शन गरेपछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’’ अहिले कालिका मन्दिरलाई पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

