राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै
काठमाडाैं | फागुन ९, २०७९
बागलुङ: राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।
उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ ।
‘‘देशको प्रमुखले मन्दिरको दर्शन गर्नु हाम्रो लागि ठूलो कुरा हो’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘उहाँले दर्शन गरेपछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’’ अहिले कालिका मन्दिरलाई पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

