राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

काठमाडाैं | फागुन ९, २०७९

राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

बागलुङ:  राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।

 

उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ ।

 

‘‘देशको प्रमुखले मन्दिरको दर्शन गर्नु हाम्रो लागि ठूलो कुरा हो’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘उहाँले दर्शन गरेपछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’’ अहिले कालिका मन्दिरलाई पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्