पोखरामा गुरुङ मातृभाषा प्रशिक्षण सुरु
पाेखरा | जेठ २४, २०७९
पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताउनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ कृष्ण प्रसाद पौडेल, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम बहादुर गुरुङ, ओम बहादुर गुरुङ, हर्क गुरुङ लगायतले मातृभाषा प्रशिक्षण कार्यक्रमको आवश्यकताको बारेमा बोल्नुभएको थियो ।
कुल २७ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण ओम बहादुर गुरुङले गर्नुहुनेछ । क्होलादीप तमु समाज भवनमा आयोजित प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा र नेवारी भाषाको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी असार १० गतेदेखि १२ गतेसम्म ‘प्रज्ञा उत्सव’ नामक बृहत कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाउनुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

