राजनीतिक पृष्ठभूमि बाहिरका राष्ट्रपति अस्वीकार्य: महासचिव गुरुङ
पाेखरा | फागुन ७, २०७९
पोखरा: नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति अस्वीकार्य हुने बताएका छन् ।
पोखरामा आज (आइतबार) पत्रकारसँग बोल्दै महासचिव गुरुङले ‘ राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको स्वीकार्य गर्दैनौ, राष्ट्रपति राज्यसँग जोडिएको विषय हो, राजनैतिक पृष्ठभूमिबाट आएको व्यक्ति राष्ट्रपति हुन्छ, राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको परिकल्पना गरेका छैनौं ।’
महासचिव गुरुङले जुनसुकै राजनीतिक दलले प्रस्ताव गरेपनि सबै दलले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दावी गरे ।
‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने छौं, सबै राजनीतिक दलले समर्थन गर्ने व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ उनले भने ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

