अन्डाको खोलभित्र लागूऔषध

काठमाडाैं | फागुन ७, २०७९

अन्डाको खोलभित्र लागूऔषध

दमक:  पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ ।

 

 मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा बीचमा एउटा अन्डामा सानो दुलो बनाई त्यहीँभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूले यसरी लागूऔषध ल्याउँदा प्रहरीले शङ्का नगर्ने ठानेर यो विधि अपनाएको हुन सक्ने बताइन्छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताले अचम्म–अचम्मको उपाय र नयाँ–नयाँ विधि अपनाएर लागूऔषध ल्याउने गरेको पाएका छौँ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी बताउनुहुन्छ । 

 

लागूऔषधको कारोबार गर्नेलाई कडा निगरानीमा राखिएको र जस्तोसुकै अवस्थामा पनि पक्राउ गरेर कारबाही चलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिइएको रेग्मीले जनाउनुभएको छ । जिल्लामा प्रमुख समस्यामध्ये एउटा लागूऔषधको कारोबार तथा प्रयोग रहेको बताइने गरिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्