विश्वकप क्रिकेट लिग २: स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात

काठमाडाैं | फागुन ५, २०७९

विश्वकप क्रिकेट लिग २: स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर स्कटल्यान्डले दुई सय ७४ रनको योगफल बनाएको थियो।

 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले पावर प्लेमा चार विकेट गुमाएर ६८ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६ रन जोडेर पेभेलियन फर्किसकेका छन्।

 

स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक तीन तथा मार्क वाटले एक विकेट लिएका छन्। नेपालका लागि क्रिजमा कुशल मल्ल १६ तथा सन्दीप जोरा पाँच रन बनाएर खेलिरहेका छन्। 

 

पहिलो इनिङमा एक सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेलेका थिए। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गरेका लिस्कले तीन चौका र ९ छक्कासहित एक सय सात रनको अविजित शतकीय इनिङ खेलेका थिए।

 

लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची  १९ रन जोडेर पेभेलियन फर्केका थिए।

 

त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए।

 

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

 

शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।

 

जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्