पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते
काठमाडाैं | फागुन ४, २०७९
पोखरा: पोखरामा गएराति एक वर्कशप र फर्निचरमा आगलागी भएको छ ।
पोखरा महानगरपालिका वडा नं १० स्थित भारत घर भएका अली हुसेनले सञ्चालन गरेको वर्कशपमा राति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
वर्कशपमा आगलागी हुँदा वर्कशपमा भएका मोटरसाइकलमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गएराति नै पोखरा महानगरपालिका १४ चाउथे स्थित पाल्पा भैरव फर्निचर उद्योगमा आगालागी हुँदा दुईजना घाइते भएका छन् ।
आगलागीबाट फर्निचरमा भएका सामान तथा काठसँगै बुलेट बाइक र बोलेरो जिपमा समेत क्षति भएको कास्की प्रहरीले जनाएको छ ।
फर्निचर उद्योगमा भएको आगलागीबाट घाइते भएका राहुल गुरुङ र आशिष खड्काको गण्डकी अस्पताल र ग्यालेक्सि अस्पतालमा उपचार भईरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

