पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिनः मन्त्री किराँती

पाेखरा | फागुन ४, २०७९

पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिनः मन्त्री किराँती

पोखरा:    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुुन्छ पात्रो हेरेर भन्न नसक्ने बताएका छन् । 


प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् । 


‘पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समर्ग पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो, मन्त्री किराँतीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडी बढ्छौं, पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन  ।’ 


पोखरा विमानस्थलबाट कहिले अन्र्तराष्ट्रिय उडान हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले पात्रो हेरेर भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न अत्याधिक प्रयास भएको छ, यथासक्य छिटो हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले भने । 


माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खादा र माला लगाएर नबस्ने घोषणा गरेको हो मन्त्री किराँतीले बताए । 


‘देश र मन्त्रालय यती विमान दुर्घटनाबाट शोकमा थियो , शोकमा खाँदा र माला लगाएर मन्त्रालय नबस्ने घोषणा गरे लगाएन, उनले भने, ‘खाँदामाला प्रति सम्मान छ, एउटै व्यक्तिलाई ५ सय केजीसम्मको माला पहिराएको पनि देखिन्छ यो राम्रो होइन, यो संस्कृतिको नाममा विकृति हो ।’


मन्त्री किरातीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा पृथ्वीचोकसम्म विमानस्थलकै मातहतमा सवारी संचालन गर्ने आश्वासन समेत दिएका छन् ।‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रु आएपछि ट्याक्सी लगायत अन्य सवारी प्रयोग गरेर जाने प्रचलन रहेछ, सम्बन्धित निकायसँग कुराकानी गरेर विमानस्थलकै पक्षबाट पृथ्वीचोकसम्म सेवा दिन छलफल अगाडी बढाउछु ।’ उनले भने । 
 

मन्त्री किराँतीले आज (बिहीबार) पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन् । 
 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्