मुख्यमन्त्री भलिबल कपः महिलातर्फ म्याग्दीलाई उपाधि
पुरुषतर्फ जिल्ला भलिबल संघ बागलुङ र पर्वत खेल्दै
पाेखरा | फागुन ३, २०७९
पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ जिल्ला भलिबल म्याग्दीले जितेको छ ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो ।
यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो ।
पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।
पुरुषतर्फको फाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच खेल केही समयमा हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

