सरकारले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाइ गरेको छ:  अध्यक्ष सिंह

पाेखरा | माघ २९, २०७९

सरकारले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाइ गरेको छ:  अध्यक्ष सिंह

पोखरा:    नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औं साधारण शनिबार पोखरामा भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा सरकारले ढिलाइ गरेको बताएका छन् । 


‘देशभरका १७ हजार निर्माण व्यवासायीको आवाज सुन्न भन्दा पनि आफ्नै सत्ता टिकाउन सरकार व्यस्त रहेको छ, सिंहले भने, ‘सरकारले निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानी गर्न ढिलाई गरेको छ, सक्ताको अगाडी पछाडी रहेका कसैले पनि निर्माण व्यवसायीको गुनासो सुनेका छैनन् ।’


सार्वजनिक खरिद ऐन पूर्वाधार मैत्री र मुलुक सुहाउँदो हुने गरी संशोधन गर्न पनि उनले सुझाव राखे । साधारणसभामा पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, संघका सदस्य एवं वडा १७ का सदस्य विक्रम गुरुङ, अग्रज व्यवसायी कृष्णप्रसाद अधिकारी, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, भरतराज भट्टराई र मुक्तिनाथ सुवेदीलाई सम्मान गरेको छ । 

 

एसईईमा उत्कृष्ट अंक ल्याएका निर्माण व्यवसायीका छोराछोरी विनीता भण्डारी र निशान ढकाललाई पनि सो अवसरमा पुरस्कृत गरेको थियो ।


त्यस अवसरमा संघका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । कोषाध्यक्ष उत्तम सिग्देलले चालु आर्थिक वर्ष २०७९र०८० का लागि ४५ लाख ९० हजार रुपैयाँको वजेट प्रस्तुत गरे ।


कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष लिलकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आबश्यकता औंल्याए ।


उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, सदस्य सुरेश श्रेष्ठ र गंगा पोखरेल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल र नेपाल इञ्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष व्रिजेन्द्र केसीले भनाई राखेका थिए ।

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ।  सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।   महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...

थप पढ्नुहोस्

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

थप पढ्नुहोस्