बिटी कपमा प्रिक्वाटर समिकरण पूरा
पाेखरा | माघ २७, २०७९

पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरको समिकरण पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्याे । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १/१ गोलको योगदान दिए ।
यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो ।
लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए ।
तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्याे । विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे ।
चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्याे । सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे ।
यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए । छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १/१ गोल गरे ।
सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १/१ गोलको योगदान दिए ।
वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो ।
खेल संयोजक गुरुङका अनुसार प्रिक्वाटरको समकिरण पुरा भएको छ । शनिबार क्वाटरफाइनलका खेल हुनेछन् भने सो खेलबाट म्यान अफ द म्याच प्रदान गरिने उनले जानकारी दिए ।
आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा: पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा ...
पोखरा: सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सब...
पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस सत्लेमा भदौ ९ देखि ११ गतेसम्म हरितालिका तीज मेला हुने भएको छ । हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध स...