अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं | माघ २७, २०७९

अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो। 

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’ 

 

राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिनुभयो।  उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको छ।’’ 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्