अदालतले दोषी ठहर्‍याएका १०४ जना फरार

काठमाडाैं | माघ २६, २०७९

अदालतले दोषी ठहर्‍याएका १०४ जना फरार

दिपायल:   जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन । 

 

निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।”

 

तहसिलदार थापाका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहारिएका १३, सवारी ज्यान नौ, जबरजस्ती करणीमा १३, चोरी ११, बहुविवाहको मुद्दामा दोषी ठहारिएका नौ जना फरार सूचीमा छन् । 

 

ज्यान मार्ने उद्योगका तीन, बैङ्किङ कसुरका चार, सरकारी लिखत कृत्य गरेको मुद्दाका आठ, जातीय छुवाछूतका तीन, बालविवाहका चार, भ्रष्टाचार मुद्दाका दुई, वन पैदावार तथा काठको मुद्दाका छ र अप्राकृतिक मैथुन मुद्दाका चार जना दोषी फरार रहेका छन् ।

 

त्यस्तै हाडनाता करणी, लागूऔषध, जबरजस्ती करणीसँगै रहजनी चोरी, अमानवीय व्यवहार, अवैध हातहतियार, पशुपन्छीसम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग, नेपाली नागरिकता कृत्य, वैदेशिक रोजगार कसुर, गर्भपतन र मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गरेका एक/एक जना पनि फरार सूचीमा रहेका छन् ।

 

प्रहरीले छुट्टै टोली बनाएर फरार सूचीमा रहेका व्यक्तिको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोला भट्टले बताउनुभयो ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्