विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

म्याग्दी | माघ २५, २०७९

विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

म्याग्दी:  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रितुङ माध्यमिक विद्यालयका छात्राहरुलाई कुइनेमङ्गले  र अमर माविका छात्राहरुलाई चिमखोलाले आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो ।

 

किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले सामाजिक विकास कार्यालयले र मिलन म्याग्दीले आत्मरक्षाको तालिम दिइएको हो ।

 

आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी, बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का प्रमुख डा. विराज आचार्यले ओसिएमसीबारे जानकारी दिनुभयो ।

 

ओसिएमसी र अस्पतालबाट भइरहेका सेवा प्रवाहबारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै मेडिकल अधिकृत डा. आचार्यले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवासुविधाको प्रयोग गर्न आग्रह गर्नुभयो ।

काठमाडौं:  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।   महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...

थप पढ्नुहोस्

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

थप पढ्नुहोस्

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...

थप पढ्नुहोस्