सर्लाहीमा राष्ट्रिय बालिका सम्मेलन हुँदै

काठमाडाैं | माघ २३, २०७९

सर्लाहीमा राष्ट्रिय बालिका सम्मेलन हुँदै

जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले 'बालिका सम्मेलन २०७९' गर्ने भएको छ। चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय नाढीमन ताल परिसरमा सम्मेलन हुने भएको हो।  

 

नाढीमन ताललाई प्रदेश र देशव्यापी रूपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागेको हो।

 

२०७९ फाल्गुन २० गते शनिबार आयोजना हुने बालिका सम्मलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए। 

 

अन्नपूर्णसँग कुरा गर्दै महतोले भने, ‘यस राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई गाउँपालिकामा सम्पर्क गर्नुहुन सादर आग्रह गर्दछौं।’

 

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए। 

 

उनले भने, ‘देशभरिका बालिका बोलाउन लागेका हौं। देशभरका बालिका बोलाऔं, अभियानमा अन्य संघ संस्थासँग समेत सहकार्यको पहल भइरहेको छ।’

 

उनका अनुसार सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र चारवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरू केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्