सर्लाहीमा राष्ट्रिय बालिका सम्मेलन हुँदै
काठमाडाैं | माघ २३, २०७९
जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले 'बालिका सम्मेलन २०७९' गर्ने भएको छ। चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय नाढीमन ताल परिसरमा सम्मेलन हुने भएको हो।
नाढीमन ताललाई प्रदेश र देशव्यापी रूपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागेको हो।
२०७९ फाल्गुन २० गते शनिबार आयोजना हुने बालिका सम्मलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
अन्नपूर्णसँग कुरा गर्दै महतोले भने, ‘यस राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई गाउँपालिकामा सम्पर्क गर्नुहुन सादर आग्रह गर्दछौं।’
सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए।
उनले भने, ‘देशभरिका बालिका बोलाउन लागेका हौं। देशभरका बालिका बोलाऔं, अभियानमा अन्य संघ संस्थासँग समेत सहकार्यको पहल भइरहेको छ।’
उनका अनुसार सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र चारवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरू केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

