आजदेखि सुन्दर यातायातको विद्युतीय बस सञ्चालन बन्द

काठमाडाैं | माघ २३, २०७९

आजदेखि सुन्दर यातायातको विद्युतीय बस सञ्चालन बन्द

काठमाडौं:  सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ।

 

यातायाले आफ्ना विद्युतीय मेसिन/स्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हाे।

 

नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायाले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो। 

 

कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ। 

 

विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ। 

कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्दछ।'

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्